दक्षिण अफ्रिका वियजी

काठमाडौँ, २१ असोज । भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीबार राति वर्षा भएपछि खेल ४० ओभरमा झारिएको थियो । जितसँगै तीन खेलको शृंखलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।

२ सय ५० रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रनमा समेटियो । भारतका सन्जु सामसनले अविजित ८६ रन बनाए । श्रेयस आयरले ५० रनको योगदान गरे । दक्षिण अफ्रीकाका लुंगी एनगिडीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनायो ।

दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित ७५ रन बनाए । हेनरिक क्लासेनले अविजित ७४ रनको योगदान गरे । भारतका सार्दुल ठाकुरले २ विकेट लिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति