वाग्मती, विष्णुमती, बल्खु, मनोहरा खोलामा बहाव उच्च

facebook sharing button
twitter sharing button
sharethis sharing button

काठमाडौं । काठमाडौं उपत्यका भएर बहने केही नदीहरूमा बिहीबार बहाव उल्लेख्य बढेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढेको छ ।

यी नदीहरूमा पानीको बहाव सतर्कता तह आसपास पुगेको महाशाखाले जनाएको छ ।

उक्त नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति