काठमाडौँ, २० असोज । काठमाडौँ उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ ।
रातिदेखि काठमाडौँ उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घन्टामा २२ दशमलव ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्ने छ ।
“काठमाडौँ उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ,” उनले भनिन्, “३/४ बजेतिर पानी केही कम भएपनि दिनभरि नै पानी पर्ने छ ।” काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि मात्र वर्षा कम हुँदै जाने छ ।
प्रतिक्रिया