अमलेखगञ्जमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

b बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । हेटौँडाबाट पथलैया आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्‍यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए ।

घाइतेहरुको उद्धारको कार्य जारी छ, उनीहरुलाई सिमरास्थित अल्पाइन र हेटौँडा अस्पतालमा अपचारका निम्ति पठाउने कार्य भइरहेको उनले बताए ।

दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति