दशैंका दिन सांझदेखि गठबन्धनको अन्तिम बैठक, नेका ८५ र माकेको ४७मा सहमति, एस र जसपाको दावीलाई मत्थर पार्ने कोशिश

काठमाडौं १९ असोज । सत्तारुढ गठबन्धनका नेताहरु उम्मेदवारी दर्ताको दिन ४ दिन मात्र बांकी रहंदा सिट बाँडफाँटलाई अन्तिम रुप दिन कोशिशमा जुटेका छन् ।

दशैंको दिन समेत गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक बसिरहेका छन् । बुधबार दिसउंसो ५ बजेदेखि प्रधानमन्त्री निवास, बालुवाटारमा शीर्ष नेताहरुको बैठक छलिरहेको छ ।

गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकेको छैन । अहिलेसम्मको छलफलअनुसार नेपाली कांग्रेसले ८५ र माओवादी केन्द्रले ४७ सिट पाउने देखिएको छ । यस्तै एकीकृत समाजवादीले १६,, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने देखिन्छ ।

तर एकीकृत समाजवादी र जसपा दुबै कांग्रेस र माओवादीको सिट बांडफांटमा चित्त बुझाएका छ्रैनन् । सिट बाँडफाँटप्रति असन्तुष्ट जसपाले अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय गरेपछि गठबन्धनमा आवद्ध दलहरु दबावमा परेका छन् ।
दुई महिना अघि साउनमा गठबन्धनका लागि कार्य दल बनाएपनि कुनै ठोस प्रगति हुन सकेको छैन । तर बैठकमा सहभागी एकीकृत समाजवादीका नेताका अनुसार विहीबार विहान वा सांझसम्म सहमतिपत्रमा हस्तक्षर हुन सक्नेछ ।
पछिल्लो समय एकीकृत समाजवादीले माओवादीले लिने भनिएका धादिंगको १ र सल्यानमा दावी गरेको छ भने जसपाल मधेशका सप्तरी, सिराहा र सर्लाहीका १ १ क्षेत्रमा नेका र माकेका सटिमा दावी गर्दै आएको छ ।

त्यसैगरी प्रदेश सभातर्फ पनि मधेश प्रदेशमा नै सवैभन्दा बढी दोहरो तेहेरो दावी सांघुरिन सकेको छैन । तर पनि विहीबार सांझसम्म सहमति गरिने दावी गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board