जिपको ठक्करबाट श्रीमान्‌को मृत्यु, श्रीमती घाइते

भरतपुर, १९ असोज । चितवनमा जिपको ठक्करबाट श्रीमान्‌को मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जिपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पंगेनीको मृत्यु भएको हो ।

टाउकोमा गम्भरि चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति