पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल

काठमाडौँ, १६ असोज । स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा निसलाई २-१ ले पराजित गरेको छ ।

खेलको २९औँ मिनेटमा फ्रीकिकमा उत्कृष्ट गोल गर्दै गोल गर्दै मेस्सीले पिएसजीलाई सुरुवाती अग्रता दिलाए । यस्तै, एम्बाप्पे बेन्चबाट आएर एक गोल गरेका थिए ।

पिएसजीले ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थानमा छ । निस ८ अंकसहित १३औँ स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board