काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
आज ९शनिबार० विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले त्यहाँ उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।
सो अवसरमा उपराष्ट्रपति पुनले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिए ।
जोशीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराए । जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गरे ।
‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, जोशीलाई राष्ट्र पिताको रुपमा संबोधन गर्दै उपराष्ट्रपति पुनले भने, ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’
शताब्दी पुरुष जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया