इरान हिंसा : ९ जना युरोपेली नागरिक पक्राउ

तेहरान, १५ असोज । इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना जना युरोपेली नागरिक पक्राउ परेका छन् ।

खुफिया अधिकारीहरूले पक्राउ परेकाहरुलाई जासुस संगठनका एजेन्ट भएको आरोप लगाएका स्थानीय सञ्चार माधयमहरुले जनाएका छन् ।

कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि राजधानी तेहरानमा विरोध प्रदर्शन सुरु भएको थियो र देशभर फैलिएको थियो ।

उत्तर–पश्चिमी सहर साकेजकी २२ वर्षीयालाई सेप्टेम्बर १३ मा नैतिकतासम्बन्धी प्रहरीले हिजाबसम्बन्धी नियम पालना नगरेको आरोपमा तेहरानमा पक्राउ गरेका थिए । पक्राउ परेको केही दिनपछि उनको मृत्यु भएको थियो ।

पक्राउ परेकाहरू पोल्याण्ड, स्वीडेन, जर्मनी, इटाली, फ्रान्स र नेदरल्याण्ड्सका रहेको इरानको गुप्तचर मन्त्रालयले जनाएको छ ।

यसैबीच, इरानविरोधी प्रदर्शनमा हालसम्म ७६ भन्दा बढीको मृत्यु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति