सालकको खपटासहित काठमाडौँबाट दुई जना पक्राउ

काठमाडौँ, १४ असोज । प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गालञ्जोर गाउँपालिका–४ का ५५ वर्षीय यमबहादुर कामी र फिक्कल गाउँपालिका–४ का २८ वर्षीय रत्नबहादुर मगर रहेका छन् ।

गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो खटिएको सिआइबीको टोलीले साढे दुई केजी सालकको खपटासहित उनीहरूलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति