अमेरिकी डलरको भाउ इतिहासकै महँगो

काठमाडौँ, १३ असोज । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

यस्तै, खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३० रुपैयाँ ९० पैसा र खरिददर १३० रुपैयाँ ३० पैसा कायम भएर हालसम्म कै उच्च विन्दुमा पुगेको थियो ।

भने युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८४ रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा, मलेसियन रिंगेट एकको खरिदमूल्य २८ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ३९ पैसा रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board