इंग्ल्यान्डविरुद्ध पाकिस्तानको अग्रता

काठमाडौँ, १३ असोज । पाकिस्तानले बुधबार पाँचौँ टी–२० खेलमा इंग्ल्यान्डमाथि ६ रनको जित निकालेको छ । जितसँगै पाकिस्तानले सात खेलको शृखलामा ३–२ को अग्रता लिएको हो ।

पाकिस्तानले प्रस्तुत गरेको एक सय ४६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३९ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका मोइन अलीले ३१ बलमा दुई चौका र चार छक्का मद्धतमा अविजित ५१ रन जोडे । डेविड मलानले ३६ रन जोडे ।

पाकिस्तानका हरिस रौफले दुई तथा अमिर जमाल, इफ्तिखर अहमद, शादाब खान, मोहम्मद नवाज र मोहम्मद नासिमले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रनको योगफल तयार गरेको थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ४६ बलमा तीन चौका र तीन छक्का मद्धतमा ६३ रन जोडे । इफ्तिखार अहमेदले १५ रन जोडे ।

इंग्ल्यान्डका मार्क वूडले तीन, साम कुरान र डेविड वेल्लीले समान दुई तथा क्रिस वैक्सले एक विकेट लिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board