एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । ४ मंसिरका लागि तय भएको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा एमाले उम्मेदवार टुंग्याउने चटारोमा छ ।

बैठक अपराह्न ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा बस्ने छ । बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले बुधबार सचिवालय बैठक बोलाए पनि गृहकार्य नपुगेको भन्दै एक दिन पर धकेलेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board