खसी, बोका र च्यांग्रा पनि सहुलियतमा

काठमाडौं, १२ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ । 

खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्यांग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्यांग्रा १२५० रुपैयामा बिक्री गर्न थालेको छ । 

साथै कलंकीको खसी बजारसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्रेता र क्रेताबीच आपसी मोलतोल गरेर पनि खसी, बोका र च्यांग्रा बिक्री भइरहेका छन् ।

चौपाया खरिद बिक्री सेवा संघले लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ र च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board