कार्यदलले टुंग्यायो सिट बाँडफाँट, शीर्ष नेताले अन्तिम रुप दिँदै

काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न गठित कार्यदलले सिट बाँडफाँट टुंगो लगाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट गर्न गठित कार्यदलले सहमति गरी प्रस्ताव शीर्ष नेतालाई जिम्मा लगाएको छ ।

कार्यदलको प्रस्तावलाई अब शीर्ष नेतामार्फत् टुंगो लगाइने छ । कार्यदलका एक जना सदस्य एवम् जसपाका प्रवक्ता मनिष सुमनले केन्द्र र प्रदेश दुबैतिरको सिटको टुंगो लगाएर शीर्ष नेतासमक्ष प्रस्ताव पेश गरेको जानकारी दिए । ‘अब शीर्ष नेताको बैठकले सिट बाँडफाँट टुंगो लगाउने छ,’ उनले भने ।

सिट बाँडफाँट टुंगो लगाउन शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति