मोदी र किसिदाबीच भेटवार्ता

टोकियो, १२ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री फुमियो किसिदाबीच भेटवार्ता भएको छ ।

दिवंगत नेता सिन्जो आबेको अन्तिम संस्कारका क्रममा जापान भ्रमणमा रहेका प्रधानमन्त्री मोदीको जापानी समकक्षीसँग भेटवार्ता भएको हो । दुई नेताबीच साझा चासो, दुई पक्षीय हित र सरोकारका विषयमा छलफल भएको थियो ।

आबेको अन्त्येष्टिमा सहभागी हुन विश्वका नेता र विशिष्ट व्यक्ति टोकियो पुगेका थिए । सर्वसाधारणको चौतर्फी विरोधबीच आबेको राजकीय अन्त्येष्टि सम्पन्न भएको छ । आबेको गत जुलाई ८ मा जापानको नारा सहरमा एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली हानेर हत्या भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board