उम्मेदवार तय नहुँदै गृहमन्त्री खाणले गरे सम्पर्क कार्यालय उद्घाटन

भैरहवा, १० असाेज । रुपन्देहीको निर्वाचन- ३ मा कांग्रेसले उम्मेदवार तय नहुँदै सम्पर्क कार्यालय उद्घाटन गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार प्रस्ताव भइरहेको समयमै गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ । 

गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसले उम्मेदवारको टुंगो अझै लगाएको छैन । काे कहाँबाट उम्मेदवारी हुने भन्ने पार्टीले तय नगरेको बेला गृहमन्त्रीसमेत रहेका रुपन्देही-३ बाट एकल प्रस्तावमा परेका बालकृष्ण खाणले आफ्नै सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । आगामी निर्वाचनलाई लक्षित गर्दै सिद्धार्थनगर-६ गल्लामण्डीमा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाण रुपन्देही- ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारमा एकल सिफारिसमा परेका छन्। सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले कांग्रेसले आफूलाई उम्मेदवार प्रस्ताव गरे पनि कुनै टुंगाे नलागेकाे बताए । रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति