४० प्रतिशत माग गर्दै कोइराला समूहको कांग्रेस कार्यालयमा धर्ना 

काठमाडौं, १० भदौ । नेपाली कांग्रेस संस्थापनइतर समूहले ४० प्रतिशत सिट माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ । 

संस्थापनइतर शेखर कोइराला समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ । यसका लागि आउँदो बुधबार पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने कोइराला समूहले निर्णय गरेको छ । 

केही दिनयता निरन्तर छलफलमा रहेको कोइराला समूहको सोमबारको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गर्दै दबाब स्वरुप बुधबार एक घण्टा पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरेको हो ।

साथै भेलाले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूचीमा आफूहरुलाई उपेक्षा गरिएको भन्दै सच्याउन पनि माग गरेको छ । 

पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीलाई खबरदारी सभासमेत गरेको कोइराला समूहले आफूहरुको माग बेवास्ता गरिएको आगामी ४ मंसिरमा हुने निर्वाचन बहिस्कार गर्नेसम्मको चेतावनी दिँदै आएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति