काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घर सरेका छन् ।
पत्नी सीता दाहाललाई समेत लिएर चितवन पुगेका प्रचण्ड आजदेखि नयाँ घर सरेका हुन् ।
प्रचण्ड मंगलबार काठमाडौं फर्किने कार्यतालिका छ । तर सीता भने चितवनमै बस्ने भएकी छिन् । बिरामी सीतालाई एक जना सहयोगी समेत चाहिन्छ । लामो समयदेखि उनी पार्किन्सससहित पेट सम्बन्धी रोगबाट समस्याले ग्रस्त छिन् । सीतालाई केही दिन चितवनमै राखेर प्रचण्ड भने काठमाडौं फर्किने भएका हुन् ।
यस्तै प्रचण्ड काठमाडौंको कार्यक्रम सकेर चितवनमा केही समय बस्नेगरी जाने सचिवालयले जनाएको छ । प्रचण्ड सोमबार भरतपुर १४ शिवनगरमा बनाइएको नयाँ सरेका छन् । पत्नी सीतालाई उनले आफ्नो त्यही नयाँ घरमै राख्ने भएका छन् ।
प्रतिक्रिया