‘संसद अन्त्य भइसक्दा पनि सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद’

काठमाडौँ, १० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभाको कार्यकाल सकिएर सांसदहरू निवर्तमान भइसक्दा पनि सरकारी सेवासुविधा बुझेको प्रति असन्तुष्टि जनाएका छन् ।

१ असोजमै प्रतिनिधिसभाको कार्यकाल सकिए पनि केही सांसदहरूले अहिले पनि गाडी सुविधा उपयोग गरिरहेका छन् ।

श्रेष्ठले संसद्को कार्यकाल १ असोजबाट सकिइसकेको अवस्थामा पुरानो हैसियतमा प्राप्त सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद रहेको बताएका छन् । ‘संसद सचिवालयले फिर्ताका लागि ताकेता गरोस्, निर्वाचन आयोगले प्रभावकारी अनुगमन गरोस्,’ उनले ट्वीट गर्दै भनेका छन् ।

निर्वाचन प्रक्रियामा सहभागी भएका हरेक दललाई एउटै व्यवहार हुनुपर्ने श्रेष्ठको माग छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति