आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ, १० असोज । बिहान मुलुकभर बदली छ । केही क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मंगलबार प्रदेश १, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा वर्षाको आकलन गरिएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति