सरकारले गर्‍यो पाँच सचिवको सरुवा

काठमाडौं, ९ असोज । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरिएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा. दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा गरिएको छ । केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव(कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । कानुनका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । 

यद्यपि कानुनतर्फको हकमा म्याचुअर्ड हुन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति