आबेको अन्त्यष्टि खर्च बेलायतकी दिवंगत एलिजाबेथको भन्दा बढी !

टोकियो, ९ असोज । देशका जनताको चर्को आलोचनाबीच जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्यष्टि अर्को साता हुने भएको छ । अन्त्यष्टिको लागतलाई लिएर भएको चर्का आलोचनाबीच उनको अन्तिम संस्कार हुन लागेको हो ।

सिन्जो आबेको यसै वर्षको जुलाई ८ मा एउटा राजनीतिक कार्यक्रममा हत्या भएको थियो । अन्त्यष्टिका लागि जापान सकरकारले १ दशमलब ६६ अर्ब यन खर्च लाग्ने जनाएको छ, जुन रकम हालै दिवंगत भएकी बेलायती महारानीको राजकीय अन्त्यष्टिमा लागेको खर्चभन्दा बढी हो ।

आबेको अन्त्यष्टिको विवादले जापानमा प्रदर्शन सुरु गरेको छ । यसै साताको सुरुमा आबेलाई राजकीय अन्त्यष्टि गर्ने सरकारको घोषणाको विरोधमा एक व्यक्तिले प्रधानमन्त्री फुमिको किसिदाको आवास नजिक आत्मदाहको प्रयास गरेका थिए ।

आबेको अन्त्यष्टिमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसहित २१७ देशका ७०० पाहुनाहरु सहभागी छन् । प्रधानमन्त्रीको रूपमा आबेको नीतिहरूले जापानलाई विभाजित गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board