झन् उग्र बन्दै इरान प्रदर्शन, सयौँ आन्दोलनकारी पक्राउ

तेहरान, ९ असोज । एउटी युवतीको हिरासतमा मृत्यु भएपछि इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा मात्र एउटा प्रान्तमा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको तस्निम समाचार एजेन्सीले शनिबार जनाएको छ । गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मलेकीले ६० जना महिलासहित ७३९ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको बताएका छन् ।

२२ वर्षीया कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएका थियो । प्रदर्शनका क्रममा ५० भन्दा बढी मृत्यु भएको मानवअधिकारवादी समूहले जनाएको छ । अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ ।

यद्यपि, यो संख्या ३५ रहेको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । प्रदर्शनकारीले सर्वोच्च नेता आयतोल्लाह अली खमेनीको तस्बिर जलाएर उनको राजीनामा माग गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा प्रदर्शनकारीले राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board