नेपालसगको मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको टोली नेपालमा

काठमाडौं, असोज ८ । नेपालसगको मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली गएराति नेपाल आएको छ ।

बङ्गलादेशको टोली राति साढे १२ बजे नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । टोलीलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

नेपाल र बङ्गलादेशबीच असोज ११ गते मङ्गलवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुनेछ ।

अस्ति बिहीवार कम्बोडियासग मैत्रीपूर्ण खेल खेलेको टोली सिधै नेपाल आएको हो । नेपाल र बङ्गलादेश झण्डै एक वर्षपछि खेल्न लागेका हुन् । गएको वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल र बङ्गलादेशले १ र १ गोलको बराबरी खेलेका थिए ।

मैत्रीपूर्ण खेलका लागि नेपालले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board