सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने

मस्को, ८ असोज । रुसले आफ्नो पछिल्लो खर्च योजनाअन्तर्गत २०२२ देखि २०२५ सम्म राष्ट्रिय रक्षा, सुरक्षा र कानुन प्रवर्तनमा कुल ३४ ट्रिलियन रुबल (६०० बिलियन डलर) खर्च गर्ने योजना बनाएको छ । रुस युक्रेनमा महँगो सैन्य अभियानमा संलग्न छ, जसको लागि उसले यस हप्ता थप ३ लाख सेना परिचालन गर्ने घोषणा गरेको छ ।

पछिल्लो तथ्यांकअनुसार, रूसले राष्ट्रिय रक्षामा सन् २०२२ देखि २०२५ मा कुल १८ दशमलब ५ ट्रिलियन रूबल खर्च गर्ने छ, जसमध्ये ४ दशमलब ७ ट्रिलियन यस वर्ष खर्च हुने छ ।

यसअघि, मस्कोले सन् २०२२ देखि सन् २०२४ को अवधिमा कुल १० दशमलब ९ ट्रिलियन मध्ये यस वर्ष राष्ट्रिय रक्षामा ३ दशमलब ५ ट्रिलियन रुबल खर्च गर्ने योजना बनाएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति