भूकम्पको १७ दिनपछि जीवितै उद्धार

बेइजिङ, ८ असोज । चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्धार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो ।

यस महिनाको सुरुमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ९३ जनाको मृत्यु भएको थियो भने र हजारौँलाई अस्थायी शिविरमा पुनर्वास गरिएको छ ।

सिचुआनको वान्डोङ जलविद्युत् योजनामा कार्यरत ग्यान युलाई एक स्थानीय गाउँले जीवितै फेला परेका थिए ।सरकारी स्वामित्वको चाइना नेसनल रेडियो (सिएनआर) ले उद्धारलाई चमत्कार भनेको छ । गत सेप्टेम्बर ५ मा भूकम्प जाँदा गान आफ्ना सहकर्मी लुओ योङसँग ड्युटीमा थिए । उनीहरुले जलविद्युत् योजनाबाट सुरक्षित क्षेत्रमा प्रयत्न गर्दै थिए । तर, टाढाको राम्रोसँग नदेख्ने गानले त्यही बेला चस्मा हराए र पहाडी भूभागमा बरालिए ।

ती दुई व्यक्तिले टाढाका उद्धारकर्ताहरूलाई मद्धतको लागि संकेत गरे । लुगा फुकालेर रुसमा झुन्डाए । अन्तत गानलाई छोडेर लुओ जाने निर्णय गरे । लुओले गानलाई र जंगलभित्रै ओछ्यान बनाएर केही जंगली फलको व्यवस्था गरेर छोडे । उद्धारकर्ताले गानलाई ११ सेप्टेम्बरमा उद्धार गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board