बितिजोरमा बाख्रा चराउन जाँदा १४ वर्षीया बालिका बलात्कृत

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका २ बितिजोरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

जंगलमा बाख्रा चराउन जाँदा १४ वर्षीया बालिकालाई स्थानीय २५ वर्षीय एक युवाले बलात्कार गरेको पीडितका बुवाले प्रहरीमा जाहेरी दिएका छन् ।

बाख्रा चराइरहेको अवस्थामा ती युवाले बालिकालाई जवर्जस्ती गरेको पीडितका आफन्तले जनाएका छन् ।

असोज ५ गते दिउँसोको घटना हो । ६ गते सिन्धुली अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विमलराज कँडेलले पीडितले जाहेरी दिएको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।

घटना ५ गते दिउँसो साढे ३ बजेतिर भएपनि प्रहरीलाई भने ६ गते २ बजे मात्र थाहा भएको थियो । घटनाबारे जानकारी हुनासाथ इलाका प्रहरी कार्यालयसहितको टोली घटनास्थल पुगेको थियो ।

घटनापछि तत्काल बालिकालाई जिल्ला अस्पताल पुर्याउने काम प्रहरीको सहयोगमा भएको थियो । घटनामा संलग्न युवाको पहिचान भइसकेको र खोजी भइरहेको इप्रका खुर्कोटका प्रहरी निरीक्षक राजेश शाक्यले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति