भीमफेदी दुर्घटना : मृतक ६ जनाको सनाखत (अपडेट)

हेटौँडा, ७ असोज । हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये ६ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार नुवाकोट घर भई रौतहटमा नेपाली सेनामा कार्यरत ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिटकैया–४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराई, बार जितपुर उपमहानगरपालिका–४ का २४ वर्षीय शेख अरमान, मकवानपुरगढी गाउँपालिका–३ का ४३ वर्षीय मदन विश्वकर्मा, पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने ४५ वर्षीय हृदयनारायण पञ्जियार र भारत बिहारको मोतीहारीका २५ वर्षीय शरदनारायण शर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक घिमेरका अनुसार मृत्यु हुनेमा बाँकी एकजनाको सनाखत हुन बाँकी छ ।

बिहीबार दिउँसो बा३ख ७८५८ नम्बरको यात्रुवाहक बस बाह्रघुम्तीमा दुर्घटनामा परेको थियो । बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त बसमा चालकबाहेक बच्चासहित ३२ जना सवार थिए । मृतकबाहेक बाँकी सबै यात्रु घाइते छन् ।

गम्भीर घाइते चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा अन्य २१ जना घाइतेको हेटौँडा अस्पतालमा हुँदै छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board