दीपकराज गिरिलाई डेंगु संक्रमण

काठमाडौँ, ७ असोज । कलाकार दीपकराज गिरिलाई डेंगु संक्रमण भएको छ । उनले आफूलाई डेंगु पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन् ।

“उनी कति बेला आइन्, कति बेला गइन् पत्तै भएन । उनको स्पर्श र चुम्वन पनि याद छैन । आज बिहानै रिपोर्ट आयो डेंगु पोजेटिभ,” गिरिले सामाजिक सञ्जालमा लेखेका छन् ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ ।

चिकित्सकका अनुसार यो रोग लाग्न नदिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board