राष्ट्रपतिको कदमविरुद्ध सत्तारुढ विद्यार्थीहरुको विरोध प्रदर्शन

काठमाडौं । नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

विहीबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् ।

संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतीले संविधानको उल्लंघन गरेको उनीहरूले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति