काठमाडौँ, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको उल्लंघन भएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई पटक पारित भएर पठाएको विधेयक प्रमाणीकरण नगर्नु गलत भएको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले संसदीय लोकतान्त्रिक प्रणालीमाथि प्रहार गरेको उनले बताएका छन् ।
राष्ट्रपतिको यस कदमको विरोध गर्ने उनको भनाइ छ । यस विषयमा सत्तारूढ गठबन्धनको बैठकमा छलफल गरेर आवश्यक निर्णय लिइने उनले बताए ।
प्रतिक्रिया