भारतमाथि अष्ट्रेलियाको रोमाञ्चक जित

काठमाडौँ, ५ असोज । अष्ट्रेलियाले मंगलबार भारतविरुद्धको तीन टी–२० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ ।

भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अष्ट्रेलियाले चार बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अष्ट्रेलियाका म्याथ्यु वेडले २१ बलमा ६ चौका र दुई छक्का मद्धतमा अविजित ४५ रन जोडे । त्यस्तै, ओपनर क्यामरुन ग्रिनले ३० बलमा आठ चौका र चार छक्का प्रहार गरे । स्टिभ स्मिथले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । भारतका अक्षर पटेलले तीन, उमेश यादवले दुई तथा युजवेन्द्र चाहलले एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङका लागि आएको भारतले हार्दिक पाण्ड्याको अविजित ७१ रन मद्धतमा निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा दुई सय आठ रनको विशाल योगफल खडा गरेको थियो ।

भारतका लागि ओपनर केएल राुहलले ३५ बलमा चार चौका र तीन छक्का मद्धतमा ५५ रन जोड्दा पाण्ड्याले २० बलमा सात चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै, सूर्यकुमार यादवले २५ बलमा दुई चौका र चार चौकासहित ४६ रन जोडे ।

अष्ट्रेलियाको नाथन इल्सले तीन, जोस हेजलवूडले दुई र क्यामरुन ग्रिनले एक विकेट लिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board