काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा परेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।
“जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ,” उनले ट्विटरमा लेखेका छन्, “बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भत्र्सना गर्दछु ।”
प्रतिक्रिया