काठमाडौँ, ५ असोज । मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरका सत्तारुढ दलहरुलाई सिट बाँडफाँड टुंगो लगाउन सकस परिरहेको छ ।
निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका छन् ।
मंगलबार विभिन्न चरणमा छलफल गरेका गठबन्धनका दलहरुले सिट बाँडफाँड टुंगोमा पुग्न लागेको दाबी गरेका छन् ।
सत्तारुढ गठबन्धनका नेताहरुले बुधबारसम्ममा सिट बाँडफाँड टुंग्याउने दाबी गरेका हुन् । बैठकमा सहभागी एक नेताले बुधबारसम्ममा सिट बाँडफाँड टुग्याउने दाबी गरे ।
१ सय आसपासका निर्वाचन क्षेत्रमा कुरा मिलिसकेको र केही क्षेत्रमा दुई र केहीमा तीन दलले दाबी गरिरहेकोले त्यसबारे छलफल केन्द्रित भएको उनको भनाइ थियो ।
प्रतिक्रिया