राष्ट्रपतिबाट नै संवैधानिक संकट निम्त्याउने काम भयो : शेखर कोइराला

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकलाई संवैधानिक संकटतर्फ दोहोर्‍याउने काम राष्ट्रपतिबाट भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भइसकेको नागरिकता विधेयकलाई रोकेर मुलुकलाई थप संवैधानिक संकटतर्फ लगेको उनले बताए ।

यही विधेयक एमालेले ल्याउँदा राष्ट्रपतिलाई ठिक लाग्ने र अहिले बेठिक लाग्ने अनि संसद्को धज्जि उडाउँदै संविधानको पालनाबाट बाहिर निस्कन राष्ट्रपतिले नमिल्ने भन्दै उनले भने, “यो राष्ट्रियताको विषय हो । यसलाई चुनावी मुद्दा बनाउने हिसावले राजनीतिक विषय बनाइनु हुँदैन भन्दै आएको थिए । अहिले राष्ट्रपतिजीले त्यहीँ गरिदिनुभयो । लाखौँ नेपाली युवाहरू नागरिकताविहीन रहेको जानकारी रहँदा रहँदै बुझेर पनि निर्णय नगर्नु दुःखद् हो । तराईमा मात्र होइन पहाडी क्षेत्रका समेत नागरिकताको समस्या छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति