डेंगुबाट चितवनमा एक जनाको मृत्यु

चितवन, ४ असाेज । पूर्वी चितवनको रत्ननगरमा डेंगु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–१ का २७ वर्षीय पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा.आलोक प्रधानका अनुसार डेंगु संक्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लामा हालसम्म चार सय २९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमुना परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो । जिल्लामा भेटिएका डेंगुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board