चिनियाँ स्वास्थ्य अधिकारीले दिए विदेशीलाई नछुन चेतावनी

काठमाडौँ, ४ असोज । चीनमा मंकीपक्सका एक संक्रमित फेला परेसँगै एक शीर्ष चिनियाँ स्वास्थ्य अधिकारीले विदेशी नागरिकको सम्पर्कमा नआउन चेतावनी दिएका छन् ।

चिनियाँ सामाजिक सञ्जाल वेइबोमा गरेको एक पोस्टमा चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख महामारीविद वु जुनयोउले मानिसहरुलाई विदेशीसँग छालासँग छाला छोइने किसिमको कुनै पनि सम्पर्क नगर्न चेतावनी दिएका हुन् ।

उनको यो पोस्टसँगै एक विवाद उत्पन्न भएको छ । यसलाई धेरैले नश्लभेदी अभिव्यक्ति भएको बताएका छन्।

वुले गरेको पोस्टमा पछिल्लो तीन सातामा बाहिरबाट आउने मानिसको सम्पर्कबाट बच्न सुझाव दिइएको छ । अहिलेसम्म चीनमा फेला परेका मंकीपक्सका संक्रमित चिनियाँ हुन् भन्ने खुलेको छैन ।

धेरै मानिसले उनको पोस्टमा प्रतिक्रिया दिँदै यस्तो अभिव्यक्ति दिनु नहुने बताएका छन् ।

एक प्रयोगकर्ताले भनेका छन्, ‘महामारीको सुरुवातमा चिनियाँ नागरिकलाई भाइरसको संक्रमण हुँदैन र दोस्रो मुलुकका मानिसलाई मात्र संक्रमण हुन्छ भन्ने गलत हो ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board