डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं, ३ असोज । अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ ।

संघका महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरिएको छ ।

संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘डा केसीको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पुर्‍याई उहाँको जीवन रक्षा गरिदिनु हुन वार्ता टोलीलाई संघ हार्दिक अनुरोध गर्दछ ।’

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्ने लगायत सातबुँदे माग राख्दै डा. केसी आठ दिनदेखि धनगढीमा अनशनरत छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति