बाबुरामका ५ जनालाई माओवादीले राख्यो समानुपातिक बन्दसूचीमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको सूचीमा बाबुराम भट्टराईका पाँच जनालाई राखेको छ ।

निर्वाचन आयोगमा बुझाएको सूचीमा भट्टराई नेतृत्वको पार्टीका ५ नेतालाई समानुपातिक सूचीमा राखेको हो ।

महासचिव देवप्रसाद गुरूङ र उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल समानुपातिक उम्मेदवारको बन्दसूची लिएर आज आयोग पुगेका थिए।

उपमहासचिव वर्षमान पुनका अनुसार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनालाई प्रतिनिधि सभातर्फ उम्मेदवार बनाइएको छ। प्रदेश सभातर्फ पनि समाजवादी पार्टीका नेताहरू उम्मेदवारमा परेका छन्।

बाबुराम नेतृत्वको समाजवादीले माओवादीको चुनाव चिन्ह लिने सहमति भएअनुसार समाजवादीका नेताहरूलाई माओवादीले समानुपातिक उम्मेदवारमा समावेश गरेको हो।

मा‌ओवादीले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम समावेश गरेर बन्दसूची पेश गरेको छ। माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको नाम पनि सिफारिसमा परेको बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति