स्याङ्जाको फेदीखोला स्थायी घर भएका संगमले बेलायतमा जिते उपाधि

लण्डन । बेलायत निवासी २४ वर्षीय संगम गुरुङ मोएय थाइ खेलमा ६७ केजी समूहमा विजयी हासिल गरेका छन् ।

गतराती लिभरपुलमा भएको खेलमा प्रतिद्वन्द्वीलाई हराउँदै उनले जित सहज गरेका हुन ।

यो खेल थाइल्यान्डबाट शुरु भइ हाल संसारभरका युवामाझ निकै लोकप्रिय छ ।

यो खेल किक बोक्सिङ खेल जस्तै हो, हातखुट्टा दुबैले हान्नु र रोक्नु पाँउछ, निकै खतरनाक मानिन्छ ।

हालसम्म ४ खेलमध्ये १ हार र ३ जितिसकेका छन संगमले । लण्डनको क्लब स्तरीय खेल खेल्दै आएका संगम द नओस्ले एकाडेमी क्लवमा आवद्ध छन ।

स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका देउराली स्थायी घर भएका शिवचन्द्र गुरुङ र मिरा गुरुङका जेठाे छोरा हुन संगम । केही वर्षदेखि सपरिवार बेलायत बस्दै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board