सुन-चाँदीको मूल्य घट्यो

काठमाडौं, ३ असोज । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय, तेजावी सुनको मूल्य ९० हजार ९ सय र चाँदीको मूल्य १ हजार १७५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय, तेजावी सुन ९१ हजार ३ सय र चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति