अमेरिकामा कोभिड समाप्तः बाइडेन

न्युयोर्क, ३ असोज (एजेन्सी) । अमेरिकी राष्ट्रपति जोन बाइडेनले अमेरिकामा कोभिड भाइरस समाप्त भएको बताएका छन् । कोभिड प्रतिबन्धहरू राष्ट्रव्यापी रूपमा हटाइएको  र यात्रा सामान्य अवस्थामा फर्किएको अवस्थामा बाइडेनको भनाइ आएको हो । 

‘महामारी समाप्त भएको छ । हामीसँग अझै पनि कोभिडको समस्या छ । हामी अझै यसमा धेरै काम गरिरहेका छौं’, राष्ट्रपति बाइडेनले भने ।
तर, केही साताअघि मात्र बाइडेनले कोभिड परीक्षण र खोप सञ्चालनहरू जारी राख्न कांग्रेसबाट अरबौं डलर निकास गर्न अनुरोध गरेका थिए ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board