सुनको संगसंगै चादीको मुल्य पनि बढ्यो

काठमाडौं, २ असोज । असोज महिनाको पहिलो कारोबार दिनमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँ थियो ।

भदौ महिनाभरमा सुनको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँले घटेको छ । भदौको पहिलो कारोबार दिन तोलामा ९६ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य अन्तिम कारोबार दिनसम्म आइपुग्दा ९१ हजार ५०० रुपैयाँमा आइपुगेको थियो । जबकी, असोज महिनाको पहिलो कारोबार दिनमा नै तोलामा ३०० रुपैयाँले बढेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघले आजको कारोबार भाउ तोक्दै गत साताको शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ पुगेको जानकारी दिएको छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board