परमादेशको सरकार भन्नुहुन्छ, यही परमादेशले संसदमा हामीलाई भेट गरायाे : देउवा

काठमाडौं, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले परमादेशको सरकार भने पनि यसै निकै राम्रो काम गरेको र धेरै कानुन निर्माण गरेको बताए ।  उनले बैठकमा आगामी निर्वाचनलाई निश्पक्ष गराउन निर्वाचन आयोगलाई सरकारको सहयोग हुने बताए ।

उनले वर्षाका कारण आएका बाढी पहिरोबाट भएका क्षतिमा सरकारले उचित क्षतिपुर्ति दिने घोषणा पनि गरे ।  यस्तै, गए राति अछाममा भएको बाढी पहिरोको क्षतिमाथि सरकारले राहत घोषणा गर्ने बताए ।

सोही अवसरमा प्रधानमन्त्री देउवाले आगामी दसैं, तिहार र नेपाल सम्बतको सुभकामना पनि दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति