भैरहवा विमानस्थलबाट जजिरा एयरवेजका सातामा सात उडान

काठमाडाैँ, १ असाेज । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि आजदेखि जजिरा एयरवेजले आफ्नो उडान हप्तामा सातै दिन राखेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार भैरहवामा श्रमको कार्यालय सञ्चालनमा आएसँगै यात्रु माग अझै वृद्धि हुने देखिएको छ । अबुधाबी बेस रहेको विज एयरले पनि भैरहवा विमानस्थलबाट आउँदो अक्टोबर ३० तारिकबाट नियमित उडान गर्ने अनुमति पाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उक्त कम्पनीले टिकट बुकिङ लिनका लागि नागरिक उड्डयन प्राधिकरणबाट ‘नो अब्जेक्सन लेटर’ पाइसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उहाँका अनुसार उक्त एयरको उडान तालिका भने निश्चित हुन बाँकी छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म ११ हजार यात्रुले उडान अवतरण गसिकेका बताइएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा विस्तारका लागि विमानस्थल सेवा शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ भने नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board