संसद बैठकअघि एमाले सांसदहरुको विदाई, ओलीको निर्देशन ‘संसद आउन पर्दैन, चुनावमा खट्नुस् ‘

काठमाडौं ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि १ असोजको मध्य रातदेखि संसदको कार्याकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् ।

संकटका बेला पार्टी साथ दिएको भन्दै उनले अगाडि भनेका छन्, ‘सरकारले संसदको कार्यकाल लम्ब्याउजे प्रपञ्च गर्‍यो । तर हाम्रोलागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी सांसदमा आउँदैनौं ।’

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले अब चुनावमा खटिन समेत निर्देशन दिएका छन् । ओलीले भनेका छन्, ‘चुनाव लाग्यो । तपाईंहरु गाउँगाउँमा खटिनुस्, एमालेको बहुमत पुर्‍याउन लाग्नुस् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति