एमडीएमएस प्रणाली कार्यान्वयनबारे पूर्वसञ्चारमन्त्री बास्कोटाले भने– निकै ढिलो शुरु भए पनि राम्रो हो

काठमाडौं, ३१ भदौ । नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले आजबाट कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणाली राम्रो भएको बताएका छन् । 

सामाजिक सञ्जालमा सरकारले कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणालीको व्यापाक आलोचना भइरहेका बेला बास्कोटाले भने समर्थनमा अभिव्यक्ति दिएका हुन् । 

‘मोवाईलको कालो बजारी रोकिने र राजश्व चुहावट बन्द हुने मात्र होईन मोबाइल सेटहरुको सुरक्षा गर्ने एमडीएमएस प्रणाली निकै ढिलो शुरु भए पनि राम्रो हो,’ सामाजिक सञ्जाल ट्वीटरमा बास्कोटाले लेखेका छन् । 

उनले मौलिकहकका पक्षमा उभिने अभियन्ताप्रति पनि एमडीएमएस प्रणालीलाई लिएर व्यङ्ग्य गरेका छन् । 

बास्कोटाले भनेका छन्, ‘तर हाँसो के लाग्छ भने, दुई वर्षअघि मोबाईल दर्ता गर्नु भनेको मौलिक हक उल्लंघन हो भनेर माइतिघरमा जुलुस बोलाउनेहरुले मोबाईल दर्ता गरे कि नाइँ।’ 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति