लुभुमा घरको दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु

काठमाडौं, ३० भदौ । ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बृद्धा महिला रहेकी प्रहरीले जनाएको छ ।

बिहीबार बिहान महालक्ष्मी नगरपालिका-८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नो घरको दुई तलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई तलामाथिबाट खसेपछि श्रेष्ठ गम्भीर घाइते भएकी र उनलाई उपचारको लागि किष्ट अस्पताल लगिएकोमा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति