डेंगु संक्रमित १२ हजार नाघे

काठमाडौं, ३० भदौ । नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमण पुष्टि भएको छ ।

यस्तै, डेंगु संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको छ । हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति